धनगढीनजिक पुगिसकेको विमान फर्काइयो काठमाडौं

२०८० असार १६, शनिबार

काठमाडौं : गन्तव्यनजिक पुगिसकेको श्री एयरलाइन्सको एउटा विमान शनिबार काठमाडौं फर्काइएको छ । धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमान काठमाडौं नै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

गन्तव्यमा नपुगी फर्काइएको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । उक्त विमानमा ७८ जना सवार थिए । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार