१५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक सुरू

२०८० असार १७, आईतवार

काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठक बसेको केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए। अहिले उक्त बैठक सुरू भएको हो।

उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए। त्यसपछि उनले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए।

‘अब प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई राष्ट्रसभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्न अनुमति दिन्छु,’ उनले भनेका थिए। विधेयक टेबल गरेपछि उनले अर्को बैठक १५ मिनेटपछि सुरू गर्ने जानकारी गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार