देउवा पाँच/पाँचपटक प्रधानमन्त्री भएको भाग्यले होइन, योग्यताले हो : एनपी साउद

२०८० असार १७, आईतवार

काठमाडौँ : परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले आफ्ना सभापति शेरबहादुर देउवा पाँच/पाँचपटक प्रधानमन्त्री भाग्यले नभई, योग्यताले भएको दाबी गरेका छन्। अछामको चौरपाटीस्थित नेपाली कांग्रेस गाउँ कार्यसमितिले आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले देउवा भाग्यले प्रधानमन्त्री भएको भन्ने टिप्पणीको प्रतिवाद गरेका हुन्।

‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन’, साउदले भने, ‘तपाईं कसैले पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे? कहीँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’

कांग्रेस सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी भएको दाबी पनि उनले गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौँ। लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले हामी लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार