नेपालद्वारा यूएई ३ विकेटले पराजित

२०८० असार १७, आईतवार

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।

जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले जितसम्म पुर्‍याएका हुन् । ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे ।

यसअघि कुशल भुर्तेल ३५,  ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

आइतबार बिहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार