परराष्ट्रमन्त्री साउद बाकु जाँदै

२०८० असार १८, सोमबार

काठमाडौँ : असंलग्न अभियान (नाम) को कोओर्डिनेसन ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । अजरबैजानको राजधानी बाकुमा असार १८ देखि २१ गतेसम्म सो बैठक आयोजना हुँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद भोलि बाकुतर्फ प्रस्थान गर्नेछन् । उनले बैठकलाई बुधबार सम्बोधन गर्ने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा अजरबैजान सरकारका उच्च अधिकारीहरू तथा बैठकमा सहभागी अन्य देशका नेताहरूसँग पनि साउदले छलफल गर्ने मन्त्रालयको भनाई छ । साउद शनिबार नेपाल फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार