निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन : गृहमन्त्री श्रेष्ठ

२०८० असार २५, सोमबार

काठमाडौं  : नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दाेष व्यक्तिलाई नडराउन आग्रह गरेका छन्। 

तर दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन्। साथै कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने चेतावनी पनि उनले दिएका छन्।   

‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’

उनले अगाडि लेखेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार