काठमाडौँ : अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (नेप्से)ले हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो।
बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।





