चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरी ६ जनाको हत्या

२०८० असार २५, सोमबार

हङकङ : चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहारको घटना भएको हो।

घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका छन्। एक जना घाइते भएका छन्। चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले किन चक्कु प्रहार गरेका हुन् भन्ने खुल्न बाँकी छ। चीनमा विद्यालयहरूमा हिंसाका घटना बिरलै हुने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार