बल्छीधुर्बेको बयान : ‘वान एक्स बेट’बाट ५० हजारजति फाइदा लिएँ, अरुलाई खेलाएको छैन

२०८० असार २५, सोमबार

काठमाडौँ : कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीध्रुबे’ले विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत आफूलाई करिब ५० हजार फाइदा भएको बयान दिएका छन्। अनलाइन जुवा खेलाउने कामको लाखौँ रुपैयाँ लिएर प्रवर्द्धन गरेको आरोपमा गत जेठ ३१ गते काठमाडौंबाट पक्राउ परेका उनले बयानका क्रममा यस्तो बताएका हुन्।

उनले बयानका क्रममा ‘वान एक्स बेट’को प्रवर्द्धनका लागि आफूलाई अर्का कलाकार सरोज घिमिरे‘ढेडु बुढो’ले उत्प्रेरित गरेको पनि उल्लेख गरेका छन्।

‘विराटनगर स्थायी घर भई हाल भक्तपुरको ठिमी नेकोशेरा बस्ने २५ वर्षीय ढेडु बुढो भन्ने सरोज घिमिरेले रकम दिई हाम्रो युट्युब च्यानलमार्फत ‘वान एक्स बेट’सम्वन्धी विज्ञापन गरी प्रोमो कोडसमेत दिई सट्टाबाजी गराउन उत्प्रेरित गरिदिनु भएको हो’, उनले बयानमा भनेका छन्, ‘सोही बमोजिम हाम्रो युट्युब च्यानलमार्फत ‘वान एक्स बेट’सम्बन्धी विज्ञापन गरी प्रोमो कोड दिई सट्टाबाजी गराउन उत्प्रेरित गरेका हौँ।’

अनलाइन जुवा खेलाउन एकै व्यक्तिले खोले १२ जनाको नामबाट ६३ वटा बैंक खाता, ६४ करोडको अवैध कारोबार
उनले आफूलाई उक्त कार्य गर्न नहुने भन्ने थाहा नभएको पनि बयान दिएका छन्।

‘उक्त कार्य गर्न नहुने रहेछ, गल्ती भएकोले कानुन ‘बमोजिम होस। मसमेतले हाम्रो युट्युब च्यानलमार्फत् ‘वान एक्स बेट’सम्बन्धी विज्ञापन गरी प्रोमो कोड दिई सट्टाबाजी गराउन उत्प्रेरित गर्ने गराउने कार्य २ महिनाअगाडि देखिको हो। म समेतले ‘वान एक्स बेट’गेमको प्रचार मात्रै गरेको हो, खेल्ने खेलाउने काम गरेको छैन’, उनले बयानमा भनेका छन्, ‘मैले आफ्नो बल्छीध्रुवे नामको युट्युब च्यानलमार्फत उक्त विज्ञापन प्रचार प्रसार गरेको हो। एकिन कारोवार थाहा भएन, मैले करिब ५० हजार जति आर्थिक लाभ लिएँ होला।’

सट्टेबाजीका लागि ‘वान एक्स बेट’गेमको विज्ञापन गरेको रकम आफूलाई बैंक खातामार्फत प्राप्त हुने गरेको पनि उनले बताएका छन्। ‘सट्टेबाज ‘वान एक्स बेट’गेमको विज्ञापन गैह्रकानुनी कार्य भन्ने जानकारी थिएन’, बयानमा उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार