माल्टा पठाईदिन्छु भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएकी महिला पक्राउ

२०८० असार २५, सोमबार

काठमाडौं : आकर्षक रोजगारीका लागि माल्टा पठाइ दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिला पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार