यी जिल्लामा आज बाढीको जोखिम,सतर्कता अपनाउन आग्रह

२०८० असार २६, मंगलवार

काठमाडौं : देशका सानाठूला नदीहरूमा पानीको बहाव क्रमशः बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढ्दै गएको हो ।

आज पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा र धनकुटा भई बहने केही साना नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम समेत रहने पूर्वानुमान गरेको छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुने पूर्वानुमान छ । भोलि कोसी र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार