स्टाइलिस् र एक्सन अवतारमा शाहरूखको ‘जवान’को टिजर रिलिज

२०८० असार २६, मंगलवार

काठमाडौं : बलिउड अभिनेता शाहरूख खानको आफ्नो आगामी सिनेमामा ‘पठान’ भन्दा बढि स्टाइलिस् र एक्सन अवतारमा देखिएका छन्।

सोमबार सार्वजनिक ‘जवान’ को टिजर, शाहरूखलाई बिल्कुलै फरक अवतारमा देख्न सकिन्छ।

सिनेमालाई एटली कुमारले निर्देशन गरेका हुन्। शाहरूखसँगै सिनेमामा नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ।

सिनेमामा शाहरूख डबल रोलमा देखिने बताइएको छ भने नयनतारा पुलिस अफिसरको भूमिकामा हुनेछिन्।

यस्तै दीपिकालाई अतिथि भूमिकामा देख्न सकिनेछ।

प्यान इण्डिया रिलिज अन्तरगत सिनेमा हिन्दी, तमिल, तेलुगु लगायतका भाषामा ७ सेक्टेम्बरमा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार