दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

२०८० असार २६, मंगलवार

काठमाडौं : सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
4
+1
5
+1
4
+1
1
+1
1

ताजा समाचार