भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् : ओली

२०८० असार २६, मंगलवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारको स्टन्टबाजीमात्रै भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘यो जनतालाई भ्रम दिएर वाहवाही लुट्ने षड्यन्त्रमात्रै हो । यसबाट केही हुनेवाला छैन । जहाँ ताक्न खोज्या, त्यहाँ लाग्नेवाला छैन । यिनिहरुले के गर्छन् ? यिनीहरुले भकुण्डो भित्तामा हान्छन् फर्केर आफ्नै टाउकोमा लाग्छ । जो भ्रष्ट तत्व छन्, तिनै तत्वहरुले भ्रष्टाचारविरोधी भनेर अभिनय गरिरहेका छन् ।’

उनले राष्ट्रिय राजनीतिमा फिल्म हेरे जस्तो अभिनयमात्रै भइरहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार