सांसद सुमना श्रेष्ठको अभिव्यक्ति रेकर्डबाट हटाउन बजगाईको माग

२०८० असार ३१, आईतवार

काठमाडौं : कांग्रेस सांसद राजेन्द्र बजगाई।कांग्रेस सांसद राजेन्द्र बजगाई।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेसँग समय लिई बोलेका बजगाईले ‘सांसद सुमना श्रेष्ठले बहुमतका आधारमा पास गर्ने भए, गुण्डा शैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएको र यो संसदीय मर्यादाभित्रको भाषा नभएकोले तत्काल हटाउन माग गर्दछु’ भनेका थिए।

लगत्तै सभामुख घिमिरेले उक्त विषय ध्यानाकर्षण भएको बताए। ‘हामी यसलाई हेरेर अभिव्यक्ति के आएको छ, निर्णय गर्नेछौं,’ उनले भने।

सांसद श्रेष्ठले बहुमतका आधारमा अपराधि र गुण्डा संरक्षण गर्ने विधेयक सरकारले ल्याएको अभिव्यक्ति दिएकोले अमर्यादित भाषा हटाउन माग गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार