काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको निगमले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ ।अब एलपीजीको नयाँ मूल्य १ हजार ७९० रूपैयाँ कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले आइतवार मध्यरातिबाट स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको हो । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको हो ।





