शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तुलाधर ललिता जग्गा प्रकरणमा पुन: पक्राउ

२०८० श्रावण १, सोमबार

काठमाडौं : नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परी जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि तुलाधरको संलग्नता देखिएपछी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइततबार पक्राउ गरेको हो ।

भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर १५ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको हो ।

तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार