प्रधानमन्त्रीको गलत प्रचार गर्ने ‘टाइगर’ ५ दिन हिरासतमै रहने

२०८० श्रावण १, सोमबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले रूपन्देही देवदह नगरपालिका–८ का ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरेको हो । उनीमाथि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रधानमन्त्रीविरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोप लागेको छ ।

उनले ‘टाइगर राना मगर’ नाम भएको फेसबुक प्रोफाइलबाट प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्दहरू प्रयोग गरी, प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । 

रानामाथि प्रहरीले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनी कम्तीमा पाँच दिन हिरासतमै रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1

ताजा समाचार