सशस्त्र प्रहरी डीएसपीमा बढुवाका लागि बस्नेतको नाम सिफारिस

२०८० श्रावण २, मंगलवार

काठमाडाैं  : सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सशस्त्र प्रहरी निरीक्षक सत्यदेवी बस्नेतको नाम सिफारिस गरेको छ ।

रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि बस्नेतको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक कूलबहादुर नेम्वाङ्गले सूचनामार्फत जनाएका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने प्रहरी निरीक्षकहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिनसक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार