सारुक आत्महत्या प्रकरण : निर्माता र निर्देशकलाई किन बोलाइयो प्रहरी कार्यालय ?

२०८० श्रावण २, मंगलवार

काठमाडौँ  : आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा सोधपुछको लागि ‘ह्यासट्याग माया’का निर्माता र निर्देशक प्रहरी कार्यालय मालीगाउँमा पुगेका छन् ।

अभिनेता ताम्राकारको आत्महत्यापछि उनले न्याय पाउनुपर्छ भन्दै आवाज उठ्न थालेको छ । आइतबारमात्रै अभिनेता कलाकार संघले अभिनेता ताम्राकारले न्याय पाउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । यसअघि अभिनेत्रीद्वय सृष्टि श्रेष्ठ र मनिला जोशीले पनि अभिनेता ताम्राकारले न्याय पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए ।

अभिनेता ताम्राकार आत्महत्या प्रकरणमा चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजिव गुरुङ र निर्मात्री शर्मिला थापा सोधपुछका लागि प्रहरी कार्यालय मालीगाउँ पुगेका हुन् । सोमबार अपराह्न १:४० बजे उनीहरू मालिगाउँ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार