दुई-दुई महिनामा अनिवार्य बैठक बस्नै पर्छ: गगन थापा

२०८० श्रावण २, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्न प्रस्ताव गरेका छन् ।

सानेपानमा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले दुई महिनामा कम्तीमा एकपटक बैठक बस्नैपर्ने बताए । अहिले कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।

आफूले तयार पारेको एकवर्षे कार्ययोजना अनुसार गगनले असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव बैठकमा राखे । त्यसमध्ये दुई बैठक काठमाडौंबाहिर गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार