भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

२०८० श्रावण २, मंगलवार

काठमाडौं : भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, गाँखुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

सोही ठाउँमा बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्कासमेत सातजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैया र तीन बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार