त्रिभुवन विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद

२०८० श्रावण ४, बिहीबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । 

‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, उनले भने । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ ।  

सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ । बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार