कान्तिपुर टेलिभिजनले बन्द गर्यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : कलाकार सन्दीप क्षेत्रीले संचालन गर्दै आएको कार्यक्रम ह्वाट द फ्लप बन्द भएको छ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको यो कार्यक्रम बन्द गरिएको टेलिभिजनले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

यो कार्यक्रमको केही दिनअघिको एपिसोडमा कलाकार पल शाह पाहुना थिए । यो एपिसोडमा सन्दीप र पलले गरेका कुराकानीलाई लिएर चर्को आलोचना भएको थियो । यही कारण टेलिभिजनले एपिसोड सामाजिक संजालबाट पनि हटाएको थियो ।

अहिले टेलिभिजनले एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जानकारी दिएको छ ।

असार २३ गते प्रसारित एपिसोडमा अभिनेता पल शाहको अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

टेलिभिजनले यो कार्यक्रमको ठाउँमा को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । यो कार्यक्रम पटक–पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार