काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्याइएको छ। बरामद भएक सुनको परिणाम जोख्न बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्याइएको हो। महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। सुन झण्डै ८० देखि १०० किलो भएको अनुमान गरिएको छ।
यो प्रकरणमा १ भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई,ट्याक्सी चालक अशोक लामा रहेका छन्।
बुधबार करिब एक क्वन्टिल सुन विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।





