रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ कार्टुन भन्सारमा फेला, सुन भएको आशंका

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ वटा कार्टुन विमानस्थल भन्सार गोदाममा फेला परेको छ ।

दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागले साँझ ती कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र सुन हुन सक्ने आशंका विभागले गरेको छ ।

अहिले सो वस्तुलाई सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको छ ।

विमानस्थल भन्सारमा खटिएका एक अधिकृतले भने, ‘रेडी ट्रेटर्सबाटै आयात भएका ६ वटा कार्टुनलाई राजस्व अनुसन्धान विभागमा पठाउँदै छौं । उता नै खोलेपछि ती वस्तुबारे थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार