महोत्तरीमा डीएसपी यादवमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

२०८० श्रावण ७, आईतवार

जनकपुरधाम : महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।

घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । ‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डीएसपी गिरीले भने, ‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’ घटनास्थलमा बचाऊ-बचाऊ भन्दै डीएसपी यादवले गुहार मागेका थिए । उनी किन राति त्यहाँ पुगेका थिएए र के कारणले घटना भयो भन्ने खुलेको छैन ।

घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक एसपी श्रेष्ठले छानबिन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार