नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२०८० श्रावण ९, मंगलवार

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

उनले भने, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार