सपना बोकेर कोरिया पुगेको ११ महिनामा एक युवाको सुतेकै अवस्थामा निधन

२०८० श्रावण ९, मंगलवार

काठमान्डौ : हजारौ सपना बोकेर ११ महिना अगाडि मात्र कोरिया प्रवेश गरेका बझाङ केदारस्युं गाउंपीलीका भानचौर घर भएका लक्ष्मण गुरुधामीको सुतेकै अवस्थामा निधन भएको कोरिया स्थित नेपाली राजदुताबासले जनाएको छ ।

कोरियाको ख्यङसाङनाम्दो स्थित एक कम्पनिमा शनिबार राती खाना खाएर सुतेका गुरुधामी सुतेको अवस्थामा मृत भेटिएका थिए । नजिकैको अस्पतालले उनको मृत्यु हृदयघातको कारणले भएको जनाएको छ ।

यो हप्ता मात्रै २ जना नेपाली युवाको अकल्पनिय निधन भयको छ । कोरियामा अध्याधिक गर्मी रहेकोले कामको अत्यन्तै धपडी भएको हुन सन्छ । स्वस्थ्यको ख्याल गर्दै प्रशस्त पानी पिउने आराम गर्ने मादक पदार्थको सेवन कम गर्ने गरि ब्यबस्थान गर्न अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार