काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले भ्रष्टाचारविरुद्ध इतिहासमै राम्रो काम गरेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै नेता सापकोटाले आफू सरकारमा हुँदा काण्डैकाण्ड मच्चाउने एमालेले अरुले राम्रो काम गर्दा राजीनामा माग्न लोकलाज मान्नुपर्ने बताए । उनले एमालेले पहिला प्रधानमन्त्री र अहिले गृहमन्त्रीको राजीनामा मागेकोमा आक्रोश व्यक्त गरेका छन् ।
‘किन आफू सरकारमा छँदा जस्तै धादिङमा समातेको सुन काठमाडौँ पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजीनामा किन दिनुपर्ने ?’,उनले प्रश्न गरेका छन्,’अँ हजुरहरुसँग जवाफ छ ? अहिले सुनकाण्डमा मुछिएका दीपक मलहोत्रालाई एयरपोर्टभत्रिको सिसिटिभी, पार्किङ एरिया र अवैध संरचना, बाहिरिने बाटो सुम्पिने तपाईँहरूकै मन्त्री होइनन् ? तपाईकै पार्टी होइन ? मन्त्रीको नाम हामी भनौँ कि हजुरहरु नै भन्नुहुन्छ ?’





