अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु

२०८० श्रावण १०, बुधबार

सर्लाही : सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

मंगलबार राति ईश्वरपुर नगरपालिका ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।

ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार