‘सुन प्रकरणको मुख्य नाइके समाएन भने म संसदमै अनसन बस्छु’ : कांग्रेस सांसद शर्मा

२०८० श्रावण १०, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए।

‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार