काठमाडौं : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ।
पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको हो। ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ।
‘६६ पोका बरामद भएको हो’, स्रोतले भन्यो, ‘ती बाकसमा सुन राखिएको आशंका गरिएको छ।’





