बुढानीलकण्ठ प्रभागका वरिष्ठ हवल्दार एक लाख घुससहित पक्राउ

२०८० श्रावण ११, बिहीबार

काठमाडौं : काठमाडौंको प्रहरी प्रभाग, बुढानीलकण्ठका वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख घुससहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो। सथनीय कुख्ने खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गरिदिने भन्दै उनले घुस लिएको अख्तियारले जनाएको छ। 

उनलाई बुढानीलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार