शर्माको हस्पिटलले बीमाको पैसा नपाएपछि जथाभावी बाेल्नुभयो : अर्थमन्त्री महत

२०८० श्रावण ११, बिहीबार

काठमाडौं : अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले संसदमा आफ्नै दलका सांसद सुनिल शर्माले राजीनामा मागेको विषय अराजकता र चरम अनुशासनहीनता भएको टिप्पणी गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले सुन तस्करीको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको विषयमा राखिएको जिज्ञासामा उनले शर्माको अस्पताललाई बीमाको रकम नदिएकाले सदनमा तथानाम गरेको आरोप लगाए ।

यस प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै शर्माले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्री आएपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका थिए । अर्थमन्त्री महतले भने, ‘मैले भन्नै पर्‍यो यो अराजकता, अनुशासनहीनताको चरम हो । उहाँको हस्पिटल छ । स्वास्थ्य बीमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ । हामीले पनि बीमा पाउनुपर्‍यो भन्ने उहाँको माग थियो । त्यो मैले निर्णय गर्ने हैन सम्बन्धित बोर्डले हो ।’

महतले आफूले सुराकी दिनेलाई पुरस्कार व्यवस्था गरेपछि सुन पक्राउ परेको जिकिर गरे । केही व्यक्ति पक्राउ परिसकेको र घटनाको अनुसन्धान भइरहेको बेला विभिन्न प्रश्न उठेकोमा तथानाम गाली गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार