बरामद भएको ६६ काटुनमा पनि सुन भएको आशंका

२०८० श्रावण ११, बिहीबार

काठमाडौं : राजश्व अनुसन्धान विभागले बुधबार बेलुका ठमेल क्षेत्रको एक घरबाट बरामद गरेको ६६ काटुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ । विभागका एक अधिकारीले दिएको जानकारीअनुसार सुन रहेको आशंकामा नै ती काटुन बरामद भएको हो ।

विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो ।

साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार