पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु

२०८० श्रावण ११, बिहीबार

पोखरा : कास्कीमा क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार