लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा

२०८० श्रावण ११, बिहीबार

काठमाडौँ : काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ ।

विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एक अधिकृतले बताए ।

घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अराोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार