त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ

२०८० श्रावण ११, बिहीबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो अवैधरूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराज पक्राउ परेका हुन् । उनी दोहाबाट काठमाडौं झरेका थिए ।

उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार