जानकी मन्दिरको विवाह मण्डपमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गरेका युवक पक्राउ

२०८० श्रावण १२, शुक्रबार

धनुषा : धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरको विवाह मण्डप परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गरेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवले एक युवतीको संवेदनशील अंगमा समाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । उक्त भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिहरुको खोजतलास भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार