एभरेष्ट बैंकद्वारा जनकपुरको मुरली चोकमा १२७औं शाखा सञ्चालन

२०८० श्रावण १२, शुक्रबार

जनकपुर : एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ।

उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका–४ का वडाअध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन्। उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

समारोहमा अध्यक्ष वडाअध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए।

साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे।

यो सँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगको छ। पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु छन्।

साथै देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार