सुन प्रकरणको नाइकेसम्म नपुगे गृह र अर्थमन्त्रीको राजीनामा माग्छौँ : कांग्रेस नेता पौडेल

२०८० श्रावण १४, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुन प्रकरणको सत्यतथ्य छानबिन भएर दोषीसम्म नपुगे आफूहरू गृह र अर्थमन्त्रीको राजीनामा माग्नेस्थितिमा पुग्ने बताएका छन्। भरियालाई दोषी थोपारेर नाइकेलाई छुट दिन नमिल्ने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पछिल्लो समय सुनको विषय बाहिर आएको छ। त्यसको गम्भीर ढंगले छानबिन गर्नुपर्छ। यो कागज होइन, हलुका विषय होइन । कसैले थाहा नपाउने गरी त्यहाँबाट निस्कँदैन। तर, यो त्यहाँबाट कसरी निस्किरहेको छ ? राज्यको उपस्थिति भन्सारमा हुन सकेन भने कहाँ हुन्छ ? त्यसैले यो कुराको गहिराइमा छिनोफानो हुने गरी छानबिन भएन। दोषीमाथि कारबाही भइन भने हामी गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने स्थितिमा पुग्छौँ।’

उनले पार्टीको बैठकमा आफूहरूले भ्रष्टाचारको विषयमा दह्रो रूपमा कुरा उठाएको बताए। पार्टीलाई सुशासनको पक्षमा उभ्याउने बैठकले निर्णय गरेको समेत सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार