कांग्रेसमा सुधार आवश्यक छ: प्रकाशमान सिंह

२०८० श्रावण १४, आईतवार

चितवन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधार आवश्यक रहेको बताएका छन्। पार्टीलाई सुधार गरेर लैजान नसके गाह्रो पर्ने उनले बताए। पार्टी विधानअनुसार सञ्चालन हुनुपर्ने पनि उनले बताए।

चितवनमा पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘कांग्रेसमा सुधार आवश्यक छ। एकले अर्कोलाई दोष दिएर कोही कहीँ पुग्दैन। पार्टीकै आन्तरिक सुधार जरूरी छ।’

एकले अर्कोलाई आरोप लगाउँदा झन् पार्टी कमजोर हुने उनले बताए। पार्टीभित्र दु:ख गरेकाहरूको नेतृत्वले मूल्यांकन गर्न नसकेको उनको आरोप छ। ‘कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी हुने गरेको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार