राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारी

२०८० श्रावण १४, आईतवार

काठमाडौं : काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ ।

१३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो । ‘भोलि सोमबारसम्मको समय दिएका छौं, हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न मिल्दैन, कार्यालय नहटे हामी आफैं डोजर चलाउँछौं’ नगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।

राप्रपाको कार्यालय भत्काउने निर्णय भइसकेको भन्दै उनले थपे, ‘हटेन भने हामी डोजर नै चलाउँछौं ।’ राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) छ । हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार