महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात

२०८० श्रावण १४, आईतवार

काठमाडौं : डिश होमले महेन्द्रनगर कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात गरेको छ।

साउन १२ गते सोरुम उद्घाटन, डिशहोमका तर्फवाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा Head- Revenue & amp, Collection उज्जल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

२०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार