महानगरले पार्टी कार्यालय भत्काउन खोजेपछि बाटोमा गाडी तेर्स्याएर राप्रपा कार्यकर्ताको बालेनविरुद्ध नाराबाजी

२०८० श्रावण १५, सोमबार

काठमाडौं : धुम्बाराहीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय काठमाडौं महानगरपालिकाले हटाउन खोजेपछि कार्यकर्ताहरू प्रतिरक्षामा उत्रिएका छन्। हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै सोमबार महानगरले डोजर लगाएर हटाउन खोजेको छ।

तर बिहानैदेखि ठूलो संख्यामा कार्यकर्ताहरू जम्मा भएर महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै डोजरका लागि बाटो अवरोध गरेका छन्। बाटोमा गाडी तेर्स्याएर कार्यकर्ताहरूले विरोध गरेका हुन्।

गत शुक्रबार महानगरले मापदण्डविपरीत बिजुलीको हाइटेन्सन लाइनमुनि भवन बनाइएको भन्दै तीन दिनको समय दिएको थियो। कार्यकर्ताहरूले अवरोधमा उत्रिएपछि सम्भावित झडपलाई रोक्न पार्टी कार्यालयअगाडि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि, महानगरको टोली भने पुगिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार