मनिष डाँगी थाइ लिगमा अनुबन्धित

२०८० श्रावण १५, सोमबार

काठमाडौँ : राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको लिग खेल्ने भएका छन्।

मनिषले थाइल्याण्डको क्लब रायोङ फुटबल क्लबबाट दोस्रो श्रेणीको लिग खेल्ने भएका हुन्। मनिषले रायोङसँग १ वर्षे सम्झौता गरेका हुन्।

मनिषले क्लबबाट एक मैत्रीपूर्ण खेलमा एक असिस्ट प्रदान गर्दै प्रभाव देखाएका थिए। सो खेलमा रायोङ २-१ ले विजयी भएको थियो। मनिष थाई लिगमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी रहेको क्लबले जनाएको छ।

उनले गत सिजन नेपालको ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए। राष्ट्रिय टोलीबाट २२ खेलमा मनिषले २ गोल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार