भारतमा पुलको ग्रिडर लन्चिङ मेसिन खस्दा १६ जनाको मृत्यु

२०८० श्रावण १६, मंगलवार

काठमाडौँ : भारतको महाराष्ट्रस्थित ठाणेको शाहपुरमा मंगलबार बिहान पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

एबीपी न्युज मान्झासँग कुरा गर्दै महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले मृत्युको पुष्टि गरेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यमा लन्चिङ मेसिन प्रयोग भइरहेको थियो। एनडीआरएफको टोली घटनास्थलमा पुगेको छ र उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार