प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

२०८० श्रावण १६, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।

१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधि सभा बैठक सञ्चालमा सहमति जुट्‍न नसकेको हो। एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार