न्यूरोडमा आफ्नै घरको ८ तला माथिबाट हामफालेर आत्महत्या

२०८० श्रावण १६, मंगलवार

काठमाडौँ : राजधानीको न्यूरोडमा घरको ८ तला माथिबाट हामफालेर एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरको छतबाट हामफालेर सञ्जय गुप्ताले आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको जनाइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार